हार्चापुर रेल दुर्घटनामा ६ जनाको मृत्यु, ३० जना घाइते
नयाँ दिल्ली । उत्तर प्रदेश राज्यमा बुधबार रेल दुर्घटनामा ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन् ।
न्यू फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका ८ ओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको हो । रेल सेवाका अधिकारीहरुले दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।
दुर्घटना छानविनको लागि समिति गठन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस