भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि
काठमाडौं । भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ ।
सोमवार पेट्रोलको मूल्यमा भारतीय रुपैयाँ (भारु) २१ पैसा र डिजेलमा २९ पैसा भारु मूल्य वृद्धि भएको छ ।
नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ८२.०३ ९नेरु १३१.२५० र डिजेलको मूल्य भारु ७३.८२ ९नेरु ११८.११० पुगेको छ ।
मुम्बईमा पेट्रोलको मूल्य भारु ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ । सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भारु २.५० ले कटौती गर्ने घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस