इन्डोनेसियामा भूकम्प र सुनामी परि ज्यान गुमाउने १ हजार ३ सय ४७ पुग्यो

Add

काठमाडौं । इन्डोनेसियामा गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ ।

भूकम्प र सुनामीमा परेर कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेको छ । ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्प र सुनामीले ६५ हजार ७३३ घर भत्किएका छन् भने सयौं विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रीय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले जानकारी दिएका छन् ।

विस्थापितहरूलाई राज्यका १०९ स्थानमा शिविर बनाएर राखिएको छ । उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...