सुनामीमा परेकाहरुको उद्धार तीब्रता
काठमाडौं । इन्डोनेसियामा सुलावसी टापुको तटिय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परेकाहरुको उद्धार कार्यमा तीब्रता दिइएको छ ।
सुनानीमा परी कम्तीमा ४ सय ८ जनाको मृत्यु भएको छ । अझै केही हराइरहेका छन् । भूकम्पपछिको सुनामीमा परेर ५ सय ५० भन्दा बढी घाईते भएका छन् ।
घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
इन्डोनेशियाको पालु शहरमा अझै केही फसिरहेको र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस