विवाहित महिलासँगको यौनसम्पर्क भारतमा बैध
काठमाडौ । भारतको सर्वोच्च अदालतले व्यभिचार आपराधिक कृत्य नभएको भन्दै व्यभिचारसम्बन्धी विद्यमान कानुनलाई असंवैधानिक ठहर गरेको छ ।
‘श्रीमान् पत्नीको मास्टर होइन । महिलालाई पनि पुरुषसरह व्यवहार गरिनुपर्छ,’ सर्वोच्च अदालतका प्रधानन्याधीश दीपक मिश्राले भने । न्यायाधीश रोहिन्टन नारीम्यानले ‘पुरुष अपराधी र महिला पीडित हुने प्राचिन अबधारणा’ असल नभएको बताए ।
१५८ वर्ष लामो उपनिवेशकालीन कानुनलाई खारेज गर्दै अदालतले विवाहित महिलासँग उनको पतिको सहमतिविना हुने यौनसम्पर्कलाई अपराध नमान्ने फैसला गरेको हो ।
पहिलाको कानुनले विवाहित महिलासँग उनको पतिको सहमतिविना हुने यौनसम्पर्कलाई अपराध मानेको थियो ।
प्रतिकृया दिनुहोस