इन्डोनेसियामा आयो सुनामी, ३० को मृत्यु, सयौ घाइते

Indonesia earthquack1

काठमाडौं । इन्डोनेसियामा भुकम्पछि आएको सुनामीको कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

त्यहाँको पलु शहरलाई केन्द्रबिन्दु बनाएर ७।५ रेक्टर स्केलको भुकम्पपछि आएको सुनामीले सयौँ मानिसहरु घाईते भएका छन् ।

सामाजिक सञ्जालमा देखिएका भिडियोमा इन्डोनेसियाका भवनहरु भत्किएर ब्यापक क्षति भएको छ । मृतकहरुको संख्या अझै बढ्नसक्ने र अहिलेसम्म सहि तथ्याङ्क आईनसकेको इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान तथा उद्धार टिमका प्रखुख मोहम्मद स्युगीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पलु शहरमा ३ लाखभन्दा धेरै मानिसहरुको बसोबास रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...