मदिरा सेवनले मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या १० पुगे, ६ जनाको शव नेपाल ल्याउने तयारी

Malaysia

काठमडौं । मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ ।

यसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको ज्यान गएको थियो ।

यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि ज्यान गएको थियो ।

विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

६ जनाको शव ल्याउने तयारी
विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भएको छ । आज या भोलिसम्ममा शव नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल पठाउन लागिएको हो ।

बाँकी चार जनाको शव पठाउनको लागि प्रक्रिया भैरहेको पनि नेपाली दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...