नेपाली सेनालाई सुडानमा गोली लाग्यो !

Holi  prajhar

काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् ।

नेपाली सेनाले उनको परिचय खुलाएको छैन । उनलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार गरिरहेको र अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ ।

दक्षिणी सुडानको यई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशका लागि पानी लिएर फर्किँदै गर्दा ती जवानलाई गत भदौ ३० गते करिब साढे आठ बजे खुट्टाको गोलीगाँठो नजिक गोली लागेको थियो ।

दक्षिण सुडानको पिपुल्स लिवरेसन आर्मी ९एसपीएलए०ले गोली प्रहार गरेको बुझिन आएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...