२० वर्ष अघिका हत्या आरोपी पक्राउ

Arest11

कञ्चनपुर । बीस वर्ष अघि एक युवतीको हत्या गरी फरार रहेका कञ्चनपुरका एक ब्यक्ति पक्राउ परेका छन्। बेलौरी नगरपालिका–६ श्रीपुरकी १८ वर्षीय सन्जु रानाको हत्या आरोप लागेका बेदकोट नगरपालिका–७ झजपुरका नारायण दत्त पाण्डे पक्राउ परेका हुन् ।

फरार अभियुक्त पाण्डेलाई मंगलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। फरार भएका अभियुक्त पाण्डे भारतमा बसेका थिए, उनलाई घर आएको मौकामा प्रहरीले पक्राउ कारबाही प्रक्रिया अघि बढाएको हो।

पाण्डेले २०५६ असार ५ गतेका दिन महिलाको हत्या गरि फरार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर सेठीले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...