गंगामायाको सत्याग्रह प्रभाव : अभियुक्तले गरे सर्वोच्चमा आत्मसमर्पण

Gangamaya

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका उनलाई प्रहरीले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा लगेर राखेको छ ।

अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

त्यसयता ‘फरार’ रहँदै आएका उनलाई पक्राउ गरी सर्वोच्चको आदेश पालना हुनुपर्ने माग राखी कृष्णप्रसादकी आमा गंगामायाले गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशन सुरु गरेकी थिइन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि सरकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सर्वोच्चको आदेश पालना गराउन दबाब पर्दै आएको थियो ।

गंगामाया अनशन बसेको एक महिना १० दिनमा पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् । त्यसलगत्तै गंगामायाका वकिल तथा मानव अधिकारवादीहरू आईसीयूमा रहेकी उनलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

‘हामीले अब तपाईंको मुख्य माग पूरा भएकाले अनशन तोड्नुस् भन्ने आग्रह गर्‍यौं,’ गंगामायाका वकिल बाबुराम गिरीले भने, ‘तर उहाँले तत्कालका लागि सत्याग्रह जारी राख्ने नै संकेत दिनुभयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...