देशभर एक लाख २१ हजार मोही, एक वर्षभित्रै समस्या समाधान गर्ने सरकारको भनाई
काठमाडौं । देशभर एक लाख २१ हजार मोही छन् । उनीहरुका समस्यालाई सरकारले एक वर्षभित्रै सरकारले समाधान गर्ने भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मोही समस्या एक वर्ष भित्र समाधान हुनेगरी आवश्यक तयारी भइरहेको जानकारी दिए ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले १ लाख २१ हजार मोहीहरु रहेको तथ्यांक तयार पारेको जानकारी दिए । मन्त्री खनालले भदौ मसान्त भित्र मोहीहरुको संख्या एकीन गरेपछि उनीहरुको समस्या समाधान गर्ने कामलाई तीव्रता दिने योजना रहेको बताए ।
मन्त्री खनालले भूमिको उचित व्यवस्थापन गर्न सरकारले उच्च स्तरीय संयन्त्र बनाउन लागि रहेको पनि स्पष्ट पारे । मन्त्री खनालले कृषियोग्य जमिनलाई खण्डित हुन नदिन सरकारले विशेष कार्यक्रम नै संचालन गर्न लागेको पनि बताए ।
प्रतिकृया दिनुहोस