धनगढीमा जन्मियो चार हात र चार खुट्टा भएको बच्चा, तर, दुर्भाग्य !

Anautho bacha 19

धनगढी । एउटै बच्चाको चार वटा हात र चार वटै खुट्टा हुन्छ भनेर तपाई सायद पत्याउन सक्नु पनि हुन्न । किनभने अहिलेसम्म यस्तो भएको सुनिएकै छैन ।

तर, कैलाली जिल्लाको टीकापुर अस्पतालमा मंगलबार बिहान अचम्मको बच्चा जन्मियो । जसको एक टाउको, दुई मेरुदण्ड, चार वटा हात र चार वटा खुट्टा थियो ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा यस्तो अनौठो बच्चा जन्माएकी थिइन् । तर, दुर्भाग्य सो शिशुको ११ बजेतिरै मृत्यु भयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालका अनुसार गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो ।

‘उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो’, डा. खनालले भने, ‘तर बच्चा बचाउन खोज्दा पनि बचाउन सकिएन ।’
शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको डा. खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...