सप्तकोसीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा त्रास

Koshi barrage 1

इटहरी । दुई दिन देखी लगातार पहाडी जिल्लाहरुमा भइरहेको बर्षातका कारण कोशी नदीमा पानीको बहाव बढ्ने क्रम शुरु भएको छ । पानीको बहाव बढेसँगै स्पर कटानी गर्न थालेकाले तटीय क्षेत्रमा त्रास फैलिएको छ ।

पानीको सतह बढेपछि राजावास क्षेत्रको २६–४०, २६–८८, २७–१० र २७–४० स्परमा कटान गर्न शुरु गरेको छ । स्पर मध्ये २६–८८ नंम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि अली बढी कटान भइरहेको स्थानीयले बताएका छन् ।

पानी बढेपछि मापन गर्ने सयंन्त्र चुस्त दुरुस्त नहुदा समस्या हुने गरेको छ । कति पानी हुँदा कोशीमा खतरा बढ्ने र खतरा मुक्त हुने भन्ने बिषयको मापन ब्यारेजलाई मात्र आधार मान्दा देशभरका निकायहरु कोशीलाई चिन्ताको रुपमा लिने गरिन्छ ।

कोशी नदीमा पानीको बहावको मापन नेपाली र भारतिय दुवै पक्षले गर्ने गरेका छन । जसमा भारतीय पक्षले घण्टा घण्टामा रेकर्ड राख्ने गरेको छ भने नेपालीले दुईदुई घण्टामा । तर नेपाली पक्षले गर्ने पानीको मापन बेला बेला गलत भएर चेतावनीको साईरन बज्ने र रातो झण्डा राख्ने कार्य भइरहेको स्थानीयको बुझाई छ । मापन सहि नगर्दा समाचारमा अनेकन कुरा आउदा कोशी आसपासका स्थानीयहरु त्रासित हुने गरेका छन ।

कोशी नदीमा पानीको बहाव कति छ भन्ने जानकारी प्रदान गर्ने उदेश्यले राखिएको डिस्प्ले बिग्रदा कोशी नदी आसपासका स्थानिय तथा प्रशासन अनभिज्ञ हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...