फिरन्ते जीवनबाट राउटे बने स्थायी बासिन्दा

Raute

सुर्खेत । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ ।

कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।

स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख छ ।

राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको उनले जानकारी दिए । गाउँपालिकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्वार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि २ जना कर्मचारी पनि नियुक्त गरिएको पनि अध्यक्ष वलीले बताए ।

गाउँपालिकाले नियुक्त गरेका कर्मचारी राउटे समुदाय जहाँ जहाँ पुग्छन् र बस्छन् त्यहीँ पुगेर काम गर्ने र दैलेखसहित, सल्यान, दाङ, अछाम, सुर्खेत लगायतका जिल्लामा बसोबास गर्ने सबै राउटे समुदायले अब दैलेखको गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उनले बताए ।

उक्त समुदायका महामुखिया महिनबहादुर शाहीले सरकारले परिचयपत्रभन्दा खाद्यान्न र पैसा दिए आफूहरुलाई पेट पाल्न सजिलो हुने बताए । सधैँ एकै ठाउँमा नबस्ने भएकाले परिचयपत्रभन्दा खाद्यान्न भए सजिलो हुने उनको भनाइ थियो । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको ४२ घरमा १४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी जानकारी दिए ।

उनका अनुसार राउटे समुदायमा १ महामुखियासहित ४ जना मुखिया छन् । उक्त समुदायमा ६१ वर्ष माथिका १४, ४१ देखि ६० वर्ष सम्मका २० तथा १६ देखि ४० वर्ष सम्मका ४४ जना छन् भने ८ देखि १५ वर्षसम्मका २४ र ७ वर्ष सम्मका ४७ बालबालिका तथा एकल महिलाको संख्या ११ जना छन् आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले १ ठाउँमा मुस्किलले बढीमा १ महिनासम्म बस्ने गरेको महामुखिया शाहीले बताए ।

पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले परिचयपत्रभन्दा खाद्यान्न र पैसा भए आफूहरुलाई जिउन सजिलो हुने बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...