सलमान खान ल्याउने भन्दै करोडौं उठाएका सिमान्त गुरुङ पक्राउ

Salman simanta

काठमाडौं । काठमाडौंमा बलिउड अभिनेता सलमान खान ल्याउने भन्दै महंगो टिकट विक्रि गरेर सर्वसाधारणको करोडौं रुपैयाँ ठगी गरेको आरोपमा ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिका सिमान्त गुरुङलाई पक्राउ गरेको हो।

अभिनेता खानसहितका भारतीय कलाकारलाई नेपाल ल्याउने भन्दै गुरुङले करोडौंको टिकट विक्रि गरेका थिए । तर उनले ति कलाकार ल्याउन भने सकेनन् ।

ओडिसीले सलमानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल लगायतका कम्तीमा पाँच दर्जन कलाकार नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट करोडौं उठाएको थियो।

पाँच महिनादेखि बारम्बार कन्सर्ट मिति सार्दै आएको ओडिसीले सर्वसाधारणबाट उठाएको रकम फिर्ता गरेको छैन। ओडिसीपीडितले प्रहरीमा जाहेरी दिएपछि सिमान्त पक्राउ परेका हुन्।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले ठगी मुद्दामा फरार रहेका गुरुङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताए। गत वर्ष फागुन २६ गते काठमाडौं टुँडिखेलमा कार्यक्रम स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...