बस दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर

Accident 0

 

काठमाडौं । काठमाडौंको धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस शुक्रबार बिहान लामबगरमा खोलामा खस्दा १५ यात्रु घाइते भएका छन्। १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बा ३ क ३७४९ नम्बरको बस बिहान  दुर्घटना भएको हो।

घाइते १५ मध्ये १२ जनाको ग्राण्डी अस्पतालमा र तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...