उच्च अदालत पाटन देशभरमै बढी मुद्दा फस्र्यौट गर्ने अदालत

उच्च अदालत पाटन, हेटौंडा इजलास

काठमाडौं । उच्च अदालत पाटनले यस आर्थिक वर्षमा ६० प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । देशभर रहेका उच्च अदालतमध्ये सबैभन्दा बढी मुद्दा उच्च अदालत पाटनमा रहेको तथ्य सार्वजनिक भएको छ ।

देशभर रहेका उच्च अदालतको कूल मुद्दामध्ये पाटनमा मात्रै करिब ३३ प्रतिशत मुद्दाको भार रहेको तथ्य शुक्रबार अदालतले सार्वजनिक गरेको हो ।

पुराना ६ हजार ७ सय २४ र यसवर्ष दर्ता भएका ६ हजार ६ सय ७० गरी १३ हजार ३ सय ९४ मुद्दामध्ये ८ हजार २३ मुद्दाको अदालतले किनारा लगाएको हो।

अदालतमा आयोजित पत्रकार सम्मेलनमा नेपालका सम्पूर्ण अदालतहरुमा रहेको मुद्दाको करिब २१ प्रतिशत मुद्दाहरु उच्च अदालत पाटनमा रहेका छन्।

मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले न्याय सेवालाई अझै छिटो र छरितो ढंगले सम्पादन गर्न अदालतले कानून व्यवसायीसँगको सहकार्यमा अघि बढने रणनीति लिएको बताए। उनले सेवाग्राहीको सन्तुष्टिका लागि उच्च अदालत बार एशोसिएशन तथा सम्वद्ध पक्षहरुसँग सहकार्य गरेर अघि बढने योजना रहेको बताए।

उनले भने ‘अदालतमा रहेका पुराना २ सयभन्दा बी मुद्दाहरु अगामी असार मसान्त भित्र फस्र्यौट गरि शून्यमा झार्ने रणनीति अनुसार अदालत अघि बढेको छ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...