लत्रिएको तारबाट करेन्ट लागेर वृद्धको मृत्यु

Deth by curent

रामेछाप । भुईंमा लत्रिएको विजुलीको तारबाट करेन्ट लागेर रामेछापमा एक वुद्धको मृत्यु भएको छ। जिल्लाको सुनापती गाउँपालिका १ का गुन्सी ढोडेनीमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

स्थानीयले किसान जागरण समूह गुन्सीको लापरबाहीका कारण घटना घटेको आरोप लगाएका छन् । बिजुलीको पोल ढलेर विद्युत्तीय तार लत्रिँदासमेत स्थानीय सरकार र किसान जागरण बेखबर बनेको भन्दै उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...