करणी गरी फरार रहेका अभियुक्त पक्राउ

Arest11

 भक्तपुर । करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई शुक्रबार पक्राउ गरेको छ ।

भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

बस्नेतले गत पुस ५ गते सूर्यविनायक–९ नंखेलस्थित सिटीगाँउ रिसोर्टमा लगेर ती महिलालाई करणी गरी फरार रहेकामा शुक्रबार उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...