निर्माण व्यवसायीलाई गृहमन्त्रीको चेतावनी : ‘अब ढिलासुस्ती चल्दैन’

Mantri tapa

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई सच्चिन वा कारवाही भोग्न तयार रहन चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँग गृहमन्त्री थापाले विगतका कमजोरीलाई सच्याउन आग्रह गर्दै काममा ढिलासुस्ती गर्ने र कमसल काम गर्नेलाई सरकार हेरेर नबस्ने चेतावनी दिएका हुन् । उनले भने, ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।’

उनले बिभिन्न नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गर्दै चन्दा माग्नेहरुको विवरण गृहलाई जानकारी गराउन आग्रह गरे ।

घुस माग्ने र काम अड्काएर बस्ने कर्मचारीको बिवरण दिन पनि गृहमन्त्रीले व्यवसायीसँग आग्रह गरे । उनले भने, ‘कुन कर्मचारीले घुस माग्छ, कुन इञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस । उनीहरुलाई तत्कालै जेल हाल्छौं ।’

गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेका थिए ।

जवाफमा गृहमन्त्री थापाले व्यवसायीको सुरक्षा गर्न सरकार प्रतिवद्ध छ भन्दै अनियमितता नगर्न र गर्नेहरुको बिवरण दिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...