लोमान्थाङमा ऐतिहासिक तिजी पर्व

Lomanghtang

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको पनि उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक शुरु भएको छ ।

१५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको तिजी पर्वमा पहिलो दिन विभिन्न देवीदेवताको पूजापाठ गरिन्छ । अन्य दुई दिन सांस्कृतिक नृत्य प्रदर्शन हुने बताइएको छ ।

पर्वको पूर्वसन्ध्यामा लोमान्थाङ क्षेत्रमा स्थानीय आमा समूह, युवा क्लब, सरसफाइसँग सम्बन्धित विभिन्न संघसंस्था र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको संयोजनमा सरसफाइ गरिएको प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।

उपल्लो मुस्ताङीले आपसी स्नेह साटासाट तथा विश्वशान्ति र दैवीप्रकोप कम होस् भन्ने कामनाका साथ तिजी पर्व मनाउँछन् । पर्व बौद्ध लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडिएको पाइएको एक्याप इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख तुलसी दहालले जानकारी दिए ।

पर्वमा लोमान्थाङ गाउँपालिका र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका सर्वसाधारणले सहभागिता जनाउँछन् । पर्वमा रमाउन विदेशी पर्यटक पनि लोमान्थाङ पुग्ने गरेका छन् । यस वर्ष लगभग ४ सय १ विदेशी पर्यटक लोमान्थाङमा तिजी पर्वको अवसरमा घुम्न आएको प्रमुख दहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...