पूर्वअधिराजकुमारी प्रेरणालाई घर खाली गर्न ३५ दिने अल्टिमेटम

Prerana

काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर खाली गर्न नेपाल ट्रष्टले ३५ दिने अल्टिमेटम दिएको छ ।

सर्वोच्च अदालतले गरेको फैसलाअनुसार पूर्वअधिराजकुमारी प्रेरणा बस्दै आएको घरजग्गा खाली गराउन ट्रष्टले पत्र काटेको हो । फैसला भएको एक वर्ष वितिसक्दा समेत घरजग्गा खाली नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेट दिएको हो ।

तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको भन्दै सरकारले उक्त घरजग्गा नेपाल ट्रष्ट अन्तर्गत राख्ने निर्णय गरेको थियो । तर, प्रेरणाले त्यस विरुद्ध सर्वोच्चमा हक कायम गराउन मुद्दा दायर गरेकी थिईन् । सर्वोच्चमा दायर पुनरवलोकन मुद्दामा सर्वोच्चले ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक रहेको फैसला गरेको थियो ।

प्रेरणा राज्यलक्ष्मी सिंहलाई घर जग्गा खाली गराइदिन काटिएको पत्रमा भनिएको छ– नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मार्गस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्ग मिटर (१५ रोपनी)को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरवलोकन हुँदा माग दाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार उक्त पत्र काटिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...