अदालतप्रति सञ्चार माध्यम पक्षपाती : कामु प्रधानन्यायाधीश

Deepak joshi

काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दाहरुमा पक्षपातपूर्ण धारणा सार्वजनिक गर्ने गरेको गुनासो गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा कामु प्रधानन्यायाधीश जोशीले सञ्चार माध्यमले विश्लेषणका नाममा अदालतमा विचाराधीन मुद्दाहरुमा पक्षपातपूर्ण निर्णय गर्नु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत हुने बताए ।

उनले भने, ‘अदालतले न्यायको घोषणा संविधान र कानुनकै आधारमा प्रदान गर्ने हो, अदालत भनेको भूमि सुधार अड्डा होइन ।’

प्रेस स्वतन्त्रता विनाको लोकतन्त्रको कल्पना गर्न नसकिए जस्तै न्यायालय र सञ्चार क्षेत्रबीच पनि फरक तर अन्योन्याश्रति सम्बन्ध रहेको भन्दै उनले न्यायालयका समाचार सम्प्रेषणमा थप संवेदनशील हुनुपर्ने आवश्यकता औल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...