निषेधित क्षेत्र माइतीघर मण्डलामा जनजातीको प्रदर्शन
काठमाडौं । सरकारले विरोध प्रदर्शन निषेध गरेको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आदिवासी, जनजाति सम्बद्ध संगठनहरुले सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
विभिन्न जातीय संघ, संगठनमा आवद्ध नेता, कार्यकर्ताले शुक्रबार माईतीघर मण्डलमा प्रर्दशन गर्दै आफूहरुको सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरे ।
त्यस क्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।
सरकारले सांस्कृतिक पर्वलगायतका सार्वजनिक विदा कटौति गर्ने निर्णयको आदिवासी, जनजातिहरुले विरोध गर्दै आएका छन ।
प्रतिकृया दिनुहोस