महाशिवरात्रीका दिन डोलेश्वर मन्दिरमा भीड

Sib

भक्तपुर । हरेक वर्ष झै यो वर्षको महाशिवरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको चाप रहेको छ ।

उपत्यका  भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड बिगतका वर्षहरुझै लागेको छ । पर्वका समयलाई ध्यान दिँदै दर्शनार्थीहरुलाई सहज दर्शनका लागि विभिन्न खालको व्यवस्था समेत गरिएको छ ।

मन्दिरमा विशेष पुूजाआजा, हवन र रुद्धाभिषेक गरि पञ्चस्नान गराउने समेत व्यवस्था समितिले मिलाएको छ । पर्वका समयमा हुने विभिन्न सुरक्षा अवस्थालाई ध्यान दिँदै जगाती प्रहरी र सवारी ब्यवस्थापनका लागि भक्तपुर ट्राफिक प्रहरीको समेत परिचालन गरिएको छ । दर्शनका लागि आएका भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षणका लागि स्वयंसेवक रुपमा नेपाली सेना वीर दल गण सूर्यविनायकका चिकित्सकले स्वास्थ्य शिविर समेत उपलब्धता रहेको छ ।

पछिल्लो समय डोलेश्वर मन्दिर परिसरमा भक्तजनको आगमन बढ्नुका साथै स्वदेश र बिदेशबाट समेत उल्लेख्य रुपमा साधु सन्त र बाबाहरुको आगमन समेत बढेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

त्यस्तै समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले महाशिवरात्रीका समयमा आएका साधुसन्तहरुलाई भोली बिदाई गरिने जानकारी दिए । उनले समितिको वार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरुले आफै मन्दिर भित्र गई पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरुको भीड लागेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...