महिला अस्मिताको विषय कुनै मिलापत्र हुन सक्दैन : आईजीपी अर्याल

ल्याण्डमार्क होटलमा आफूमाथि बलात्कार नभएको युवतीको बयान

Aryal igp

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्ग बलात्कार प्रकरणबारे गम्भीर चासो व्यक्त गर्दै  महिला अस्मिताको विषयमा कुनै मिलापत्र हुन नसक्ने बताएका छन् ।

बिहीबार महानगरीय प्रहरी वृत दरबारमार्गको कार्यालय भवन तथा ब्यारेक उद्घाटन गर्दै आईजीपी अर्यालले भने, ‘यो नवनिर्मित सुन्दर भवनमा असुन्दर काम भएको सूचना पाएका छौं ।’

‘महिला अस्मिताको विषय कुनै मिलापत्र हुन सक्दैन’ उनले भने, ‘छानबीनको क्रममा दोषी देखिने सबैलाई कारवाही हुन्छ ।’ 

कुनै अमुक ब्यक्तिको लापरवाहिका कारण उत्पन्न परिस्थिति क्षणिक हुनुपर्ने उल्लेख गर्दैै अर्यालले भने, ‘यो घटनाबाट सबै प्रहरी कर्मचारीले पाठ सिक्नुपर्छ, ताकी आगामी दिनमा यस्तो घट्ना नदोहोरियोस् ।’ 

यसैबीच दरबारमार्गको ल्याण्डमार्क होटलमा माघ ७ गते भएको सामुहिक बलात्कारको घटनाका पीडित युवतीले प्रहरीमा बयान दिएकी छिन् । 

बुधवार साँझ महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितिको सम्पर्कमा आएकी युवतीले यसअघि मौखिक उजुरीमा बताएभन्दा फरक बयान दिएकी हुन् ।  उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । 

महानरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार बुधवार साँझ टेकुमा पुगेकी युवतीलाई छानविन समितिका एक सदस्यले बयान लिँदा ‘रामेछापका शैलेश कार्की आफ्नो केटासाथी भएको र सहमतिमै त्यो साँझ एकपटक शारीरिक सम्पर्क भएको’ बताएकी थिइन् । तर, ती सदस्यले त्यसरी घटना लुकाए ‘राम्रो नहुने’ भन्दै यथार्थ बताउन आग्रह गरेका थिए ।  

छानविन समितीका संयोजक एसपी रामदत्त जोशीले युवती प्रहरीको सम्पर्कमा आएको जानकारी दिँदै भने, ‘सोधपुछ गर्दै छौं, अहिले उनी प्रहरीको संरक्षणमा छिन् ।’ 

सामूहिक बलात्कारको मौखिक उजुरी आएपछि प्रहरी कार्यालय बाहिर गुपचुप मिलापत्रको कागज गराउने महानगरीय प्रहरी वृत दरबारमार्गका ईन्सपेक्टर लक्ष्मण सिंह ठकुरी र वृत ईन्चार्ज डिएसपी तिलक भारतीलाई त्यहाँबाट सरुवा गरेर अनुसन्धान शुरु गरिएको छ । 

अनुसन्धानका लागी डिएसपी भारतीलाई काठमाडौं जिल्लामा हाजिर गराइएको छ भने इन्सपेक्टर ठकुरीलाई नक्सालस्थित १ नम्बर गणमा राखिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...