डुबान प्रभावित क्षेत्रका वादी समुदाय मुआब्जाबाट वञ्चित

Badi village

जाजरकोट । नलसिंङगाड जलविद्युत् आयोजनाका डुबान प्रभावित क्षेत्रका वादी समुदायले मुआब्जा पाउनबाट वञ्चित भएका छन् ।

नलगाड नगरपालिका–१ दल्लीका १८ घरपरिवार वादी समुदाय मुआब्जा पाउनबाट वञ्चित भएका हुन् । त्रिभुवन उच्च मावि दल्लीको खातामा १८ घरपरिवारको मुआब्जा रकम निकासा भए पनि ३ वर्षदेखि सो रकम वादी समुदायले पाउन सकेको छैन ।

विद्यालयले सो रकम वादी समुदायलाई दिन आनाकानी गदै आएको छ । लामो समयदेखि वादी समुदाय विद्यालयको जमिनमा घर निर्माण गरि बस्दै आएको छ । सो समुदाय बसेको जमिन विद्यालयले आफ्नो नाममा लिएपछि विद्यालयको नाममा नलसिंङगाड जलविद्युत् आयोजनाले रकम निकासा गरेको छ । अहिले सो क्षेत्र आयोजनाले लिएपछि वादी समुदाय घर न घाटको अवस्थामा छ ।

वादी समुदायसँग एक टुक्रा जमिन छैन् । आयोजना र विद्यालयले वादी समुदायलाई मुआब्जा दिने निर्णय गरे पनि तीन वर्षदेखि सो रकम नदिँदा समस्या भएको हो । वादी समुदाय अहिले जीवन निर्वाहका लागि दल्लीमा दैनिक माछा मार्दै आएको छ ।

नलगाड सरोकार समितिका अध्यक्ष तथा जाजरकोट क्षेत्र नं १ का सांसद गणेशप्रसाद सिंहले वादी समुदायलाई तत्काल मुआब्जा दिन आग्रह गरे । पहिले गरेका सहमति पालन गर्न समेत उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...