राहतको प्रतीक्षामा दलित बस्ती, शीतलहरले कठ्यांग्रिदै तराई मधेश

Dhurmus namuna basti 1

महोत्तरी । शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । 

सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ । 

पचासौँ दलित समुदायका घरपरिवार स्वच्छ खानेपानीको लागि तड्पिरहेका छन् । न त खानलाई घरमा अन्न छ न त पिउनलाई नै स्वच्छ पानी त्यहाँ छ त केवल फोहरको डुँगुर, छाप्रोभित्र चिसोसँग बच्नका लागि राखेको परालको चटाई । यहाँका स्थानीय जनप्रतिनिधिविहीन भएको अनुभव गर्न थालेका छन् । 

स्थानीय ५० वर्षीया साकु्देवी महराका अनुसार त्यहाँ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैन । खेनारी यादवले चिसोले जनजीवन कष्टकर हुँदासमेत अहिलेसम्म जनप्रतिनिधि गाउँ नआएको गुनासो पोखेका छन् । 

एैलानी जग्गामा बसोबास गर्दै आएको स्थानीय इन्दल मल्लिक डोमले बालबालिका घरको अभावमा कठ्यांग्रिँदै जीवन बिताउँदै आएको बताए । राति जाडो हुँदा रातभर जाग्राम भएर बस्नुपर्ने स्थिति रहेको मल्लिकले गुनासो पोखे । 

लीलादेवी मल्लिकले जनप्रतिनिधिले झुठो आश्वासन दिएर मत मागेर लगेता पनि पछि फर्केर नआउँदा अनेकौँ समस्या रहेको सुनाइन । फार्इल तस्विर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...