चिर्पटले हानेर छोराले गरे आफ्नै बाबुको हत्या

Hatya

प्युठान ।  बिहिबार साझँ प्युठानमा छोराले आफ्नै बाबुको हत्या गरेका छन । जिल्लाको सरुमारानी गाउँपालिका-५ बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चाको दाउराको चिर्पट प्रयोग गरि हत्या गरेको प्रहरीले बताएको छ।

दाउराको प्रहारबाट घाइते रैसिङको उपचारको क्रममा गएराती बुट्वलमा मृत्यु भएको हो।आमाबुवा दुबैलाई हत्या प्रयास गरिएपनी सिकिस्त घाइते रहेकी उनकी आमाको बुट्वलमा उपचार भइरहेको छ ।

बिहिबार साझ घरमा घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गरेपछी छुट्टाउन जांदा आफ्नै बुबालाइ पनि दाउरा प्रहार गरेको बुझिएको छ। मोहनलालले बाबु रैसिङलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरिले बताएको हो ।

हत्यापछि मोहोनलाललाइ स्थानीयले नियन्त्रण गरि स्थानीय प्रहरिलाइ बुझाएका छन। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले घटना दुखद भएको बताउदै घटना कसरी,किन र कुन परिस्थितिमा घटेको छ यसबारे अनुसन्धान गर्ने बताएका छन ।

घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट विशेषज्ञ टोलि घटनास्थल पठाउने तयारी भएको पोख्रेलले जानकारी दिए । झण्डै दुई बर्ष जति सोलुखुम्बु स्थित एक हाइड्रोपावरमा ट्याक्टर चलाउदै आएका सोनु भनेर चिनिने मोहोनलाल हप्तादिन अघि बुबा विरामी रहेको भन्दै घर आएका थिए । घटनास्थल सरुमारानी गाउंपालिकाको केन्द्र बड्डडाडा बजार देखि झण्डै ७ किलोमिटर पश्चिममा पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...