मदिराका कारण महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन्
निशान न्युज
Mangsir 18, 2074

बैतडी । बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।
आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि समाजमा काम गर्न समस्या भएको उनले बताइन् । शिवनाथका महिला रक्सीका कारण निकै पीडत बनेकाले उनीहरुको आवाज सुन्दै मदिरा निषेध गर्न खोज्दा उल्टै गाउँपालिकाको नाममा मुद्दा परेको उनि बताउछिन् ।
‘समाजमा राम्रो काम गर्न निकै चुनौती रहेछ’, उनले भनिन्– ‘दिनभरि महिला बारीको काममा व्यस्त भए पनि साँझ घरमा ढुक्कसँग बस्न पाएका छैनन् ।’ ग्रामीण भेगका महिलाले आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेको उनले बताइन् ।
सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्द मदिराका कारण महिलाले निकै कष्ट खेपिरहेको बताउछिन् । मदिराका कारण महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले उनीहरुले नै अभियान सञ्चालन गरेको उनले बताइन् । ‘महिला आफैँ मदिरा बन्द गर्न आन्दोलनमा उत्रिएका छन्’ उनले भनिन् ।
डिलासैनी, सुर्नयाँ गाउँपालिकालगायत जिल्लाका अन्य स्थानीय तहमा समेत मदिराका कारण महिला हिंसामा परेका छन् । ‘महिलामाथि हुने हिंसामा अझै कमी आउन सकेको छैन’ दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वर्ती कार्कीले भनिन्। महिलामाथि हुने हिंसामा अझै कमी आउन नसकेको उनले भताइन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महिलामाथि हुने हिंसा धेरैजसो मिलापत्रमा टुंग्याउने गरिएको छ । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका ८० भन्दा बढी मुद्दा दर्ता भएको भए पनि सबै मिलापत्रमा टुंगिएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि परिवारबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् ।
सम्बन्धित समाचार
माझी समुदायले मनाए लदी पुजा, चौविसे गाउँपालिकाले दियो २ वडामा सार्वजनिक विदा
धनकुटा । माझी समुदायले लदी पुजा मनाएका छन् । तमोर नदी किनार आसपास बसोबास गर्ने माझी समुदायले प्रत...
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्व...
जब ज्यालामा विभेद भोगिन्, अनि ठेकेदार बनिन् पार्वती
दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालि...
आज वसन्त श्रवण र सरस्वती पूजा, उच्च पदस्थलाई नै कि वसन्त श्रवण ?
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देव...
आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर...
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
फिक्कल (इलाम) । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ ...
साताको लोकपृय
धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति
धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...
प्रतिकृया दिनुहोस