दृष्टिविहीनलाई सहकारीको सहयोग

Opi

पोखरा । बिरुवा बचत तथा ऋण सहकारी संस्थाले पोखरा लेखनाथ महानगरपालिका १७ स्थित दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपाललाई नगद तथा खाद्यान्न सहयोग गरेको छ । 

सो सहकारी संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाका तर्फबाट दाल, चामल, नून, तेल, आलु, प्याजलगायतका विभिन्न खाद्य सामग्री एवं ११ हजार सहयोग गरेको हो ।

सहकारीका उपाध्यक्ष शिवराज आचार्यका अनुसार सामाजिक उत्तरदायित्वतर्फ सहयोग गरिएको नगदसहितको खाद्यान्न सामग्री दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपालका संस्थापक अध्यक्ष आइतसिंह तामाङलाई हस्तान्तरण गरिएको थियो ।

घर भाडामा लिएर सञ्चालन गरिएको सो संस्थामा हाल ३० जना दृष्टिविहीन एवं अपांगता भएका व्यक्ति रहेका छन् । उनीहरु दिनभरि पोखरा बजारका चोकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी संकलन भएको रकमबाट जीविकोपार्जन गर्दै आएको अध्यक्ष तामाङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...