प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत

Asas

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । 

निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर २५, पेट्रोलमा प्रतिलिटर दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...