मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

Apple 25

पोखरा । मुस्ताङका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् ।

काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामैपुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए ।

थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १ सय तोकिएको थियो ।

स्याउको फलफूल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए ।

यस वर्ष जिल्लामा ५ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । मुस्ताङमा कृषकले यस वर्ष ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए । गत वर्ष जिल्लामा ४ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएको गुप्ताले बताए ।

टुकुचे, मार्फा, कागबेनी, छुसाङ, मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा स्याउ उत्पादन हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...