५ तलाबाट हाम्फाल्दा घाइते
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको जिरो किलोमिटर नजिक घरको ५ तलाबाट हाम्फाल्दा घाइते तलाबाट मंगलबार अपराह्न १.३० बजेतिर हाम्फाल्दा एक पुरुष गम्भीर घाइते भएका छन् ।
नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७/२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिकृया दिनुहोस