दौडिने क्रममा म्यादी प्रहरी परीक्षार्थीको मृत्यु

Myadi police 1

मकवानपुर । म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया ४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनोट गरिरहेको छ ।

सोही क्रममा दौडमा सहभागी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार झाले जानकारी दिए । सोमबार दिउँसो करिब ३ बजे दौडमा सहभागी घिमिरे केही समय दौडिएपछि ढलेका थिए ।

१ किलोमिटर दौडको करिब २० मिटर बाँकी रहँदा ढलेका घिमिरेलाई उपचारका लागि हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा लगे पनि साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झाले जानकारी दिए ।

मंसिरमा हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा म्यादी प्रहरीको छनोट मकवानपुरमा सुरु भएको छ । जिल्लामा आवश्यकभन्दा तेब्बरको आवेदन परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

८ कात्तिकमा रिजल्ट प्रकाशन गरिने र त्यसपछि लिखित र मौखिक परीक्षा तयारी भएको प्रहरी उपरीक्षक खनालले बताए । जिल्लामा म्यादी प्रहरीका लागि एक हजार तीन सय २८ जनाको आवश्यकता छ ।

तर, ३ हजार ३ सय ४५ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक झाले बताए । आवेदकको आइतबारबाट हेटौँडाको हुप्रचौरमा शारीरिक तन्दुरुस्ती, फिजिकल, दौड र स्वास्थ्य परीक्षण परीक्षा सुरु भएको हो ।

जिल्लामा ३ सय २४ महिला म्यादी प्रहरी माग भएकोमा एक हजार ७२ जनाले आवेदन दिएका छन् । छनोटमा नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सशस्त्र प्रहरी प्रतिनिधि छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...