बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन

Baitadi ykrl29pnys

बैतडी । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध सोमबार दाबी विरोध उजुरी दिने कार्यतालिका रहे पनि बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेपछि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन् भने बाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेदवारी दर्ता गरे ।

यसैगरी प्रतिनिधि सभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराए ।

यसैगरी प्रदेश सभाका लागि बैतडी क्षेत्र नं १मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी, बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराए ।

यसैगरी बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका तर्फबाट गणेश चन्द, बाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले०का लीलाधर भट्टले उम्मेदवारी दर्ता गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...