मलेसियामा बस दुर्घटनामा ८ को मृत्यु, नेपाली र इन्डोनेसियाली कामदारको मृत्यु भएको आशंका

22687823 530349450631059 606823830074128221 n

पेनाङ । मलेसियाको पेनाङ शहरमा मंगलबार बिहानै विदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा ८ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ । मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ ।

यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन । मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...