पूर्वराजा शाहको अभिव्यक्ति समयसान्दर्भिक र युगवोधक छ : राष्ट्रिय एकता पार्टी

Rastriya ekata party

काठमाडौँ । राष्ट्रिय एकता पार्टी(प्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय व्यक्त गरेको अभिव्यक्ति(शुभकामना मन्तव्य) समय सान्दर्भीक र युगवोधक रहेको स्पष्ट पारेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपाललमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले पूर्वराजाको अभिव्यक्तिको स्वागत गरेको हो । उक्त पार्टीद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘सम्पूर्ण स्वदेश तथा विदेशमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदिवहिनीहरुले राष्ट्रिय नायकको उद्धगारलाई आत्मसात गर्नुहुनेछ भनी हाम्रो पार्टी आग्रह गर्दछ ।’

पार्टी अध्यक्ष शरदचन्द्र दाहालले मुलुक अहिले नेतृत्वविहीन हुनपुगेको उल्लेख गर्दै भने,‘जनतालाई नेतृत्व गर्छु भन्ने दल र दलका नेताहरुको भागबण्डा र ठेकेदारी–सिण्डीकेटको कारण जनताले आज आहतको महसुस गरेका छन् ।’

नेपाली तन र नेपाली मनमा कहिल्यै हुन नसकेका आयातित विचारधाराका परिणामस्वरुप दलिय व्यवस्थाको पैरवी गर्नेबाट नै राष्ट्र पटक पटक संकटमा परिरहेको परिघटनहरु आफूहरुको अगाडि ज्वलन्त रहेको बताउँदै उनले भने,‘अहिले पनि हामी सत्य र असत्यको निरन्तर लडाईमा नै छौँ ।’

उनले अब पूर्वराजा शाहको नेतृत्वमा गोलबन्द हुन ढिलो नगर जुट्न समेत आफ्नो पार्टीको बृहत्त आह्वान रहेको जनाए । उनले थपे,‘राजा र जनता मिलेर बसेको हाम्रो युगौँ लामो सस्कृति पद्धती कायम गर्दै देश निर्माणमा अग्रसर हुनुपर्छ र होऔँ।’

दाहालले टुट–फुट र विग्रहले नेपाली–नेपालीबीच गृहयुद्धबाहेक केही प्राप्ति नहुने उल्लेख गर्दै थपे,‘प्रजातन्त्र लोकतन्त्रको दुहाई दिनेहरु राजालाई लेन्डुप दोर्जेजस्तो लोकतान्त्रिक बनाउन कदापी सम्भव छैन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...