राप्रपा : ५ स्थानमा उम्मेदवार तय

भाडा नदिएपछि राप्रपा कार्यालयमा लाग्यो ताला8732

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि ५ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।

मकवानपुर २ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा २ मा उपाध्यक्ष राजीव पराजुली, झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ ७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने उक्त्त पार्टीले जनाएको छ ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

प्रदेश सभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ ख बाट सोनाम तामाङ, बैतडी ९ख० बाट गणेश चन्द, म्याग्दी क बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ । उक्त पार्टीले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...