३ दिन देखि हराएका बालकको हत्या

Murder

लहान । तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सिरहा कर्जन्हा नगरपालिका २ बन्दीपुरका कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।

गत कात्तिक ३ गते घरैबाट बालक हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले आइतबार साँझ ७ बजेतिर बालकको टाउकोदेखि तलको भाग र सोमबार बिहान टाउको फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

बालकको कसले र किन हत्या गरिएको हो ? त्यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...