८ सय ७ जनाको उम्मेदवारी दर्ता

 95865039 img 8456

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसी बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८ सय ७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३ सय २३ र प्रदेश सभातर्फ ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...