देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता दाजुभाइको शव फेला  

 

चितवन । पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ ।

गत बिहीबार श्राद्ध गर्न बुटवलबाट यहाँ आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बेपत्तामध्ये रुपन्देही बुटवल उपमहानगरपालिका १५ का २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शव आज बिहान नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको छ ।

यसअघि बेपत्ता भएको भोलिपल्ट गत शुक्रबार ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो । श्राद्ध गर्नु अघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...