अन्नबाली छाडेर खुर्सानी खेतीमा  

Khursani

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित भएका छन् ।

आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

घैया धान, मकै, कोदो खेती गरेर वर्षभरिमा १० हजार पनि कमाउन धौ धौ भएकाले खुर्सानी खेतीतर्फ लागेको र यसबाट वार्षिक ८० देखि ९० हजारसम्म कमाउँदै आएको कृषक बताए । उनले अकबरे प्रतिकिलो २ सय र नामधारी १२० प्रतिकिलोमा बिक्री गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...