काठमाडौँको म्हैपीमा गोली चल्दा १ घाइते

Goli chalda

काठमाडौँ । स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् ।

बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद १ महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...