दार्चुलामा जिप दुर्घटनामा १ मृत्यु

Resize image

दार्चुला । महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आयतबार दुर्घटना भएको छ ।

सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोत यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका ७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ओरालो खोल्सामा सडकबाट १ सय मिटर तल खोलामा पल्टेको जिपमा २ जना मात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जिप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...