मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु  

Acedent

 

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।

मे६प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका ४ निवासी बमबहादुर बुढाथोकीको ७ वर्षीय छोरा विशाल बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा सवार चालक बुद्धशान्ति गाउँपालिका ७ निवासी २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकै श्रीमती २२ वर्षीया पूजा थापा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...