आज देखि सांसद बने भूतपूर्व

Samsad 1

 काठमाडौं । कात्तिक ५ गते अर्थात् आइतबार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता छ । त्यसैले शनिबारदेखि नै अहिलेका सांसदहरु भूतपूर्व बनेका छन् ।
नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ । तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कात्तिक ४ गते अर्थात आजबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त भएको हो ।

त्यसो त संविधानसभा अध्यक्ष समेत रहिसकेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कात्तिक ४ लाई नै व्यवस्थापिका संसदका सदस्यहरुको अन्तिम कार्यकाल मान्नुपर्ने बताउँछन् । ‘हुन त मेरो जिल्ला इलाममा मनोनयन कात्तिक १५ गते हुनेछ तर मेरो कार्यकाल पनि कात्तिक ४ मै सकिन्छ, यसमा दोहोरो मापदण्ड हुँदैन,’ नेम्वाङले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...