बालगोपालेश्वर मन्दिरमा आज खुला

5c865c0ee73d92c57917287b9b79ac39

काठमाडौं । काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीलाई मन्दिरमै पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको पुरातत्व विभागले जनाएको छ ।
गएको वैशाखदेखि रानीपोखरी पुनर्निर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ । अहिलेसम्म रानीपोखरी पुनर्निर्माणको एक तिहाइ काम सकिएको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...