भारतका राजदुत दिपकुमार कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र न. १ बाट चुनावमा भिड्ने

Deepkumarupadhyaya

काठमाण्डौँ । भारतका राजदुत दिपकुमार कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र न. १ बाट चुनावमा भिडने भएका छन् ।

भारतका लागि नेपालका राजदुत पदबाट राजिनामा दिएका दिपकुमार उपाध्याय चुनावी तयारीका लागि नेपाल आउँदैछन् । मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सबाट राजधानी उत्रिने जानकारी प्राप्त भएको छ ।

आगामी केन्द्रिय चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका उपाध्याय चुनावकै लागि राजदुत पदबाट राजिनामा दिएका थिए ।राजदुतबाट राजिनामा दिएका दिपकुमार उपाध्याय कपिलवस्तु जिल्लाबाट प्रतिनिधि सभा क्षेत्र न. १ को लागि सिफारिस भएका छन् ।

चुनावलाई लक्षित गरी उपाध्याय आज भारतबाट विदावारी भएर नेपाल फर्किन लागेका हुन् । उपाध्यायले आफू अब राजनीतिमै सक्रिय हुने बताएका छन् । नेपाल आएलगत्तै कार्यकर्ता भेटघाटका लागि कपिलवस्तु जाने उपाध्यायले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...