जाजरकोटबाट सुर्खेत आउँदै गरेको बस खस्दा, एक को मृत्य २५ घाइते

Accident 31

३ कात्तिक, सुर्खेत । जाजरकोटबाट सुर्खेत आउँदै गरेको बस सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोलामा खसेको छ ।


मे १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा करिव ५४ वर्षका एक जनाको मृत्यु भएको जाजरकोट प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बस १०० मिटर तल खसेको छ । दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा हो ।

दुर्घटना लगत्तै छिन्चुबाट प्रहरी घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए ।

दुर्घटनाको थप विवरण आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...